लकडाउनमा मेराे दैनीकी
मेरो नाम आदित्य महत हो । म एपेक्स लाइफ स्कुल, कपन, काठमाडौमा कक्षा ५ को अन्तीम परीक्षा दिएको हु र अब कक्षा ६ मा जानेछु । विश्वभरी बढेको कोरोना भाइरसका कारणले गर्दा अहिले मेरो स्कुल बन्द छ । त्यसैले म घरमा सुरक्षित बसिरहेको छु । हाम्रो देशको प्रधानमन्त्री के पि शर्मा ओली ज्यूले पनि हामीलाई घरमै सुरक्षित बस्नु भन्नुभएको छ । त्यसैकारणले गर्दा पनि मलाई बाहिर जानु हुदैन भन्ने लागेको हो ।

कोरोनाका कारण घरमा बस्न दिक्क त लाग्छ तर घरमै बस्नुपर्ने छ । आफुलाई बोर नहोस भनेर मैले घरमै बसेर केही काम गरिरहेको छु । मलाई भिडियो बनाउन मनपर्छ । मेलै लकडाउनमा घरमा बस्दा कोरोनाबारे एउटा भिडियो बनाए जसले कोरोनाको बारेमा बताउदछ । माथिका कुराहरु पनि मैले भिडियो बनाउदा गुगलमा खोज्दा थाहापाएको हो । मलाई खाना पकाउन पनि मनपर्छ र आमालाई किचनमा हेल्प गर्छु । मलाई अलिअलि खाना पकाउन पनि आउछ । अम्लेट, चिया, पानीपुरी जस्ता खाना बनाउछु । यस्तो खाना बनाएको मैले अरुपनि यस्तै भिडियोहरु बनाएर युटुवमा राखेको छु । मेरो च्यानल Aditya Mahat हो । तपाइहरुले पनि हेरिदिनुहोला । यसबाहेक मैले मेरो बाबा र आमा सँग घरमै बसेर क्याराम बोर्ड समेत खेल्छु । आमालाई जित्न सके पनि बाबा सँग भने हारीहाल्छु ।
यसबाहेक मैले आमाले किनिदिएको सानो ड्रोन पनि चलाउदै घरमै बस्छु । ड्रोन धेरै पर नउडोस भनेर कोठा भित्रै मात्र चलाउछु । यसैगरी लकडाउनमा घर बस्दा ५ ओटा पेन्टीङ बनायो भने मलाई मेरो मामाले प्राइज दिन्छु भन्नुभएको छ । मैले अहिले सम्म आदिकवि भानुभक्तको, मेरो आमा र मामाको स्केच पनि बनाइसकेको छु । अब बाकि ३ ओटा के को बनाउने सोचिराछु । यस्तरी नै मेरो दिन बितीरहेको छ । मामाघर, ठुलीआमाको घर र काकाको घर नजिकै भएपनि गएको छैन किनभने कोरोनाबाट बच्नु छ । कोरोनाबाट बच्न घरमै बस्नु नै सबैभन्दा राम्रो आइडिया हो । साबुन पानीले हात धोएर, हातमा सेनिटाइजर लाएर, सफा खानेकुरा खाने र सरसफाईमा ध्यान दिए कोरोनाबाट बच्न सकिन्छ । कोरोना चाडै संसारवाट सकियोस र चाडै स्कुल जान पाउ भन्ने मेरो मन छ । मामाले दिने प्राइज पनि चाडै पाउन मन छ र पिज्जा खान पनि मन छ ।
Comments
Post a Comment